बालोदय माविमा बिदाइ र सम्मान

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:०२

पोखरा ।
पोखरा १७ बिरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहलाई सम्मानसहित बिदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीले कक्षा १२ को विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन सकेका विद्यार्थीलाई बिदाइ गरेका हुन् ।


विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले विद्यार्थीलाई आफ्नो विषय क्षेत्रमा अब्बल हुन र घरपरिवार र समाजलाई नबिर्सन आग्रह गरे । प्राचार्य टेकनाथ पौडेल, १०+२ इन्चार्ज रमेशकुमार आचार्य तथा १०+२ संयोजक टंकप्रसाद पौडेलले पनि विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थीलाई मायाको चिनोसहित बोर्ड परीक्षामा सफलताका कामनासमेत उनीहरुले गरे ।


कार्यक्रममा वर्षभरि सञ्चालित विभिन्न परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने कक्षा १२ का विद्यार्थीलाई समेत पुरस्कार वितरण गरियो । कक्षा ११ का विद्यार्थी आयुष रजकको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीको तर्फबाट दिपेनविक्रम विष्ट र मेनुका विक, कक्षा ११ का विनिता पौडेल, स्वीकृत पौडेल, सुप्रिना पौडेल र दीपेन्द्र शर्माले बोलेका थिए । समारोहमा कक्षा ११ का विद्यार्थीले सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया