शुक्रराज स्कुललाई युनाइटेडको स्टेसनरी

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:३८

पोखरा ।
१४ औं वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडाँडाको शुुक्रराज बलभद्र माविमा खेलकुद सामग्री वितरण गरेको छ ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधबहादुर कार्कीले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि बढिरहँदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।


युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये केही रकम विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक, खेलकुद सामग्रीहरु वितरण गर्दै आइरहेको बताए ।

Advertisement


विद्यालयका प्रध्यानाध्यापक नारायणप्रसाद भण्डारीले युनाइटेड क्लब पोखरामा स्थापित भइकन राष्ट्रिय स्तरको क्लबका रुपमा आफूलाई चिनाउन सफल रहेको सुनाए ।


क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमका संयोजक सन्तोष कार्कीले शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीहरुको खेलकुदको बिकासमा केही थप मदत होस् भन्ने अभिप्रायले खेलुकद सामग्री वितरण गरिएको बताए ।

Advertisement


निर्माण समितिको संयोजक व्यवस्थापन समिति संयोजक तिकलराम लम्सालले यूनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव सफल बनाउन वडा नम्बर १४ वासीको समेत ठूलो देन रहेको बताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

तपाईको प्रतिक्रिया