घारीकुलो सहकारीमा २१ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ वैशाख ३ गते १४:५७

पोखरा ।
पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोलमा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २१ युनिट रगत संकलन भएको छ ।


कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले उदघाटन गरेका थिए । शर्माले मानव जीवनको निम्ति अपरिहार्य रगत जस्तो महत्वपूर्ण चिजलाई खेर नफाली समयसमयमा दान गर्नुपर्ने भन्दै सम्पूर्ण टोलवासी आउने समयमा थप क्रियाशील हुँदै पुण्य कार्यमा सरिक हुन आग्रह गरे ।


कार्यक्रममा संयोजक विष्णु वाग्ले, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरी, घारीकुलो आमा समूहका कार्यबाहक अध्यक्ष देवीमाया पौडेलसहितले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement


घारीकुलो टोल विकास संस्था र घारीकुलो आमा समूहको विशेष सहयोग रहेको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । संस्थाका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पवित्रा सुवेदी भण्डारी र स्वागत उपाध्यक्ष कुमार बस्नेतले गरेको संस्थाका व्यवस्थापक दीपक लामिछानेले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया