माछापुच्छ्रे १ करुवास्थित सेतीमा शव फेला

समाधान संवाददाता २०८१ वैशाख ३ गते १६:२३

पोखरा ।
माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ करुवा स्थित सेती नदीमा शव फेला परेको छ । करुवाका २५ वर्षीय जगत पुनको शव फेला परेको हो ।


पोखराबाट गएको सशस्त्र प्रहरीको टोलीले ढुंगामा अड्किएको अवस्थामा सोमबार शवलाई उद्धार गरेका कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पोष्टमार्टमको लागि शवलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

Advertisement


पुन शनिबार देखि घरबाट हराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया