रुपा अस्पतालमा अब ‘स्वास्थ्य बिमा लागू’

समाधान संवाददाता २०८१ वैशाख ३ गते २०:३९

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ शय्याको अस्पतालमा अब स्वास्थ्य बिमा लागू हुने भएको छ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा अब पालिकाद्धारा सञ्चालित अस्पतालमा लागू हुने भएको हो ।


स्वास्थ्य बिमा लागू गर्न सोमबार रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र स्वास्थ्य बिमा बोडका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाबिच सहमति भएको छ । उक्त सहमति भएपछि अब १ महिनाभित्रै लागू गर्ने पालिका अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार पालिका बासीले अब स्वास्थ्य बिमाको सेवा सुविधान लिन पोखरा जानुपर्ने बाध्यता हट्नेछ । पालिकामा सञ्चालित अस्पताल संघीय सरकारको कार्यक्रम अनुरुप निर्माण भएको थियो ।


अस्पताल भवन पालिकाको फालभन्ज्याङमा छ । अस्पताल बन्नुअघि गाउँपालिकामा स्वास्थ्य चौकीहरु मात्र थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिकामा अस्पताल निर्माण गरेको थियो । अस्पताल २५ रोपनीमा बनेको छ ।

Advertisement


संघीय सरकारबाट १८ करोड र गाउँपालकाले ४ करोड लगानीमा २५ शय्याको अस्पताल बनाएको थियो । त्यसअघि गाउँपालिकामा स्वास्थ सेवा लिन लामो दुरीको यात्रा गरेर पोखरा नै आउनुपर्ने बाध्यता छ । रुपाले स्वास्थ चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पतालका सञ्चालित भएपछि पालिकाबासीले सेवा सुविधा लिँदै आएका छन् । अहिले ३ डक्टर ७ जना कर्मचारीले सेवा दिइरहका छन् । अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका ७ वटै वडा र लमजुङ र तनहुँका केही व्यक्तिले प्रत्यक्ष सेवा लिँदै आएको अध्यक्ष ओझाले जानकारी दिए । हाल अस्पतालबाट १३ वटा बहिरंग, प्रसूति, हाडजोर्नी, जनरल ल्याब, एक्सरे, भिडियो एक्सरे सहित ३२ किसिमका सम्पूर्ण आधारभूत सेवा दिइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया