पर्यटन प्रहरीलाई इलेक्ट्रिक साइकल

समाधान संवाददाता २०८१ वैशाख ४ गते १०:४०

पोखरा ।


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरी पोखरालाई दुई विद्युतीय साइकल हस्तान्तरण गरेको छ । पोखरा नेपालको पर्यटनको राजधानी घोषणा भएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौती सामना गर्न सुरक्षाकर्मीलाई साधन, स्रोत सम्पन्न बनाउन सानो सहयोग गरिएको बोर्डका प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए ।


आर्थिक वर्ष २०८०/०८१ मा बिनियोजित बजेटबाट किनिएका साइकल जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदीश रेग्मी लगायतको उपस्थितिमा पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया