छन्द दिवसका सन्दर्भमा
नेपाली कवितामा छन्द प्रयोगको अवस्था अत्यन्त कमजोर भएको अवस्थामा वृहत्तर आन्दोलनको आवश्यकता महसुस गरी पोखराबाट राष्ट्रव्यापी आन्दनेलनका रूपमा छन्द बचाऊँ अभियान–२०५३ सञ्चालनमा आएको सर्वविदितै छ । यो अभियान सञ्चालन भएपछि छन्दवादी र छन्दप्रेमीहरूले आआफ्नै किसिमले संस्थाखोल्ने,छन्दप्रशिक्षण दिने,गोष्ठीहरू गर्ने लगायत कार्यक्रम गर्न थालेपछि छन्दको पुनर्जागरण विश्वव्यापी रूपमा पर्दै गयो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले २०६७ सालमा वैशाख ८ गतेलाई छन्ददिवस घोषणा गरेको गर्यो । हामी छन्दवादी र छन्दका शुभचिन्तकका लागि एउटा महान उपलब्धी छन्द दिवस पनि हो । यसलाई पिङ्गल जयन्तीका रूपमा मनाउनु हामी स्रष्टा र संघसंस्थाको कर्तव्य हो ।
यो दिवसलाई विश्वव्यापी रूपमा हरेक देशमा मनाउन र प्रत्येक देशमा एक छन्द विश्वविद्यालय खोल्न विभिन्न देशका सरकार र साहित्यिक संघसंस्थालाई पत्राचार गरी सक्नुका साथै नेपाल सरकारमा समेत आग्रह–पत्र प्रेषित भई सकेको छ । संयुक्त राष्ट्र संघलाई बोधार्थ दिई सहयोगको लागि अनुरोध पनि भएको छ । हामी जसरी एकताका साथ छन्दको पुनर्जागरणका लागि सचेत भएर लाग्यौं केही वर्ष अझै यसलाई कायम राखी अघि बढ्यौं भने हामी असफल हुने कुरै छैन । छन्दकविता वाचनमा यतिबेला जसन लहर आएको छ त्यसको सबभणन्दा बढी योगदान रहेको महसुस गरिएको छ भने स्रष्टाहरूको गुणस्तरीय बृध्दि पनि उत्साहप्रद नै छ ।
नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले २०६७ सालमा वैशाख ८ गतेलाई छन्द दिवस घोषणा गरेको थियो
महाकाव्य लेखनमा आएको व्यापकताले छन्दलाई थप उचाइमा पुर्याउने काम गरेको सन्दर्भ पनि यहाँनेर उल्लेख्य छ । हिजो एक अवस्थामा एक्लै आन्दोलन गर्ने परिवेश खडा भएको भएपनि आज सो आन्दोलन साझा अभियानका रूपमा विकसित भएको छ । यो अभियान । छन्ददिवस कसैका पेवा हुन सक्तैनन् । आखिर राम्रो कामको सुरूआत एक वा थोरै व्यक्तिबाट हुन्छ भने जागृति र विस्तारमा सबैको सद्भावपूर्ण कसरत जरूरत पर्छ नै छ ।
सामाजिक सञ्जालमा हाल चलाइएका विभिन्न्न नामका समूह,संस्था र प्रशिक्षण कार्यक्रमले आन्दोलन जारी रहेको संकेत गरेका छन् भने गजल,मुक्तक ,चारू,गद्यशैलीका कवितालगायतमा प्रशिक्षण चलाएर विकृति हटाई काव्यसंस्कृतिको रक्षा गर्ने एक किसिमको होडबाजी नै चलेको छ । छन्दकाृ तात्पर्य राम्रो,सुन्दर, गुणयुक्तता, तथा नियमबध्दता हो भन् भबैले बुझेको अवस्था पनि छ ।छन्द जीवन शैलीका रूपमा विकसित गर्न हामी तत्पर भएकै छौं ।
अन्तमा यो अपील छ कि झूट नफैलाऔं, सत्य लेखौं, छन्द दिवसलाई साझा हो भन्ने मनन गरौं वा आफूलाई छन्दको कुशल अभियन्ता ठानौं, छन्ददिवस आसपासमा गरिँदै आएका कार्यक्रमलाई मिलेसम्म छन्द दिवसका दिन गरौं वा सन्दर्भ छन्ददिवस भनेर गरौं । व्यक्तिगत वा संस्थागत वा सामान्य वा विशिष्ट जुन रूपमा पनि छन्ददिवस मनाउन सकिन्छ । छन्द दिवसमा हुने गरेका सयौं कार्यक्रम अब हजारौं कार्यक्रममा परिणत गरौं । जय छन् ददिवस (वैशाख–८) ।
तपाईको प्रतिक्रिया