गण्डकीमा सत्ता संकट

१० गते अघि नै विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीकाे तयारी, विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई पत्र

समाधान संवाददाता २०८१ वैशाख ४ गते १५:११

पोखरा ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० गते अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्तिको विरुद्धमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्बोच्चमा मुद्दा दायर गरेका छन् । साे मुद्दाको सुनुवाइ वैशाख १० गते हुँदैछ । सर्वोचले १० गते काजगपत्र सहित उपस्थित हुन आदेश दिएकाे छ ।

Advertisement

मुख्यमन्त्री अधिकारी भने त्यस अगावै विश्वासको मत लिने मुडमा पुगेका छन् । त्यसैले उनले मन्त्रिपरिषद्को निर्णय गराएरै विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

प्रदेश प्रमुख पोखरा बाहिर भएकाले आजै मंगलबार विशेष अधिवेशन आव्हान हुने सम्भावना छैन् । प्रदेश प्रमुख डिल्लीराज भट्ट आज पश्चिम नेपालको डोटीमा छन् ।

Advertisement

श्रोतका अनुसार उनी भाेलि बुधबार साँझ मात्र पोखरा आउदै छन् । उनी आउनासाथ विशेष अधिवेशन आव्हान हुनेछ ।

विशेष अधिवेशन आव्हान गर्दा कम्तिमा ४८ घण्टा समय दिनु पर्ने भएकाले बैशाख ७ वा ८ गतेका लागि विशेष अधिवेशन आव्हान हुनेछ । त्यसै दिन विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेको श्रोतले दावी गर्याे ।

तपाईको प्रतिक्रिया