पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

समाधान संवाददाता २०८१ वैशाख ४ गते १६:५८

पोखरा ।
पोखरा बहुमुखी क्यम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाइ तीन महिने आधारभूत निशुल्क कम्प्यूटर तालिम प्रदान गरेको छ । विद्यार्थीलाइ पाठ्यक्रमको पढाइसँगसँगै प्राविधिक सिप तथा दक्षता अभिवृद्धी गर्नु तालिमको उद्देश्य हो ।


क्याम्पसले सोमबार एक समारोहको आयोजना गरि तालिममा सहभागीलाइ प्रमाणपत्र वितरण गरेको छ ।


क्याम्पसले सोही दिन वार्षीक क्यालेण्डर विमोचन पनि गरेको छ । क्यालेण्डरमा बिदा, परीक्षासम्बन्धि जानकारी, अतिरिक्त शैक्षिक कार्यक्रम, शुल्क सम्बन्धि जानकारी, वार्षीक परिक्षा फारम, अनुशासन, पुस्तकालय, छात्रवृति लगायतका जानकारी समेत समेटिएको छ ।

Advertisement


क्याम्पसको क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको पठनपाठनलाई सहज, सरल र बहुउपयोगी बनाउन कम्प्युटर तालिम आवश्यक भएको बताइन् ।


क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चित समिति प्रमुख महेन्द्र रिमालले, सिटिइभिटीका विभिन्न तहसँग बराबरी हुनेगरी क्याम्पसले कम्प्युटर तालिमहरु संञ्चालन गर्ने बताए । कार्यक्रम संञ्चालन क्याम्पसका मानविकी संकाय प्रमुख पुष्पराज अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया