जुत्ता व्यावसायी संघको भित्तेपात्रो

समाधान संवाददाता २०८१ वैशाख ४ गते १७:०३

पोखरा ।
जुत्ता ब्यबसायी संघ कास्कीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरेको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जुत्ता व्यवसायीले गरेका विभिन्न सामाजिक कार्यक्रमका लागि धन्यवाद दिए । व्यवसायमा आएका चुनौती सामना गर्दै स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण तयार गर्दै अघि बढ्न उनले आग्रह गरे ।


जुत्ता व्यवसायी संघ कास्की अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा संस्थाका सचिव हरिप्रसाद भण्डारी र महासचिव मुक्तिप्रसाद पनेरूले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया