चोकोफन जोय बजारमा

समाधान संवाददाता २०८१ वैशाख ५ गते ११:०३

पोखरा ।
कन्फेक्सनरी कम्पनी सुजल फुड्सले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । यो नेपालकै पहिलो ‘स्क्वार मौल्डेड’ आकारको प्रिमियम चकलेट भएको कम्पनीको दावी छ । मुखमा राख्नासाथ पग्लिने यो चकलेट ग्राहकले गुलाबी र बैजनी रङमा पाउनेछन् ।


प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित तरिकाले गरिएको छ। यो जार र बक्समा पाइन्छ । सुजल फूड्सले ५० वर्षदेखि अन्तर्रास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री गर्दै आएको छ ।

चोकोफन जोयले विदेशी चकलेटको निर्भरता तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चकलेट उपभोगको अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

Advertisement


कम्पनीका अनुसार चकलेट अनुपम स्वाद र मिठासले भरीपूर्ण रहेको छ। चोकोफन जोय मुखमा राख्नन साथ पग्लिने र आनन्द प्रदान गर्ने भएकाले जोकोहीलाई पनि खाउँखाउँ लाग्ने कम्पनीको दाबी छ । चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ । चोखोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ। चकलेटको अधिकतम खुद्रा मूल्य १० रुपैयाँ छ ।

Advertisement

तपाईको प्रतिक्रिया