वृद्धाश्रमलाई नयन सहकारीको सहयोग

समाधान संवाददाता २०८१ वैशाख ५ गते १२:१०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको नयन बचत तथा ऋण सहकारीले आफ्नो १२ औं स्थापना दिवसमा वृद्धाश्रममा सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा २७ को श्रीकृष्ण प्रणामी वृृन्दावन धामलाई सहयोग गरेको हो ।


त्यहाँ १६ अनाथ बालबालिका र ६ वृद्धवृद्धा छन् । सहकारीले उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न, फलफूलसहित नगद सहयोग गरेको हो । सहकारीका सल्लाहकार रामकृष्ण जिसीले सहकारीले नाफाका लागि मात्र नभई आर्थिक अवस्था कमजोर भएकालाई माथि उठाउनका लागि योजना ल्याउनुपर्नेमा जोड दिए ।


संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दामोदर सापकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । सहकारीकासचिव शिवहरि सुवेदी, उपाध्यक्ष कृष्णप्रसाद सुवेदी र आश्रमकी सञ्चालक कला गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया