छोरेपाटन माविमा अभिभावक शिक्षा तालिम सकियो

समाधान संवाददाता २०८१ वैशाख ७ गते १६:५७

पोखरा ।
पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा अभिभावक शिक्षा तालिम भएको छ । विद्यालयको व्यस्थापन समितिको आयोजनामा ५ दिने तालिम भएको हो ।


विद्यालयका प्रध्यानाध्यापक दिल्लिराम भुषाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखराका प्रमुख धनराज आचार्यले गरेका थिए ।


व्यवस्थापन समितिका अध्यक्ष बद्री पहारीले विद्यालय र समुदायलाई जोड्न तालिमले सहयोग पुर्‍याउने बताए ।

Advertisement


तालिममा विद्यालयका ३५ जना शिक्षकको सहभागिता थियो । तालिम महत्वपुर्ण र समय सान्दर्भिक रहेको सहभागिको भनाइ थियो ।


पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सहभागिलाई प्रमाणपत्र प्रदान गरेका थिए । अभिभावक शिक्षक राष्ट्रिय प्रशिक्षक लक्ष्मी शर्माले तालिम सहजीकरण गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया