इलाम २ को पहिलो अपडेट

कांग्रेसलाई झिनो अग्रता, रास्वपा चाैथो

समाधान संवाददाता २०८१ वैशाख १६ गते १४:५९

पोखरा ।

पूर्वी नेपालको इलाममा भएकाे संघीय सभा सदस्यको निर्बाचनकाे मतगणना जारी छ । मतगणनास्थलबाट प्राप्त पहिलो मत गणना परिणाम अनुसार नेपाली कांग्रेसका डम्बर खड्काले झिनो अग्रता लिएका छन् ।

दाेश्रोमा नेकपा एमालेका सुहाङ नेवाङ छन् । कांग्रेसका खड्काले ११४५ मत ल्याएका छन् भने नेवाङले १०६३ मत पाएका छन् । त्यस्तै तेश्राे स्थानमा पहिचानवादी डेकेन्द्र थेगिमले १८७ मत पाउदा रास्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मतसहि्त चाैथो स्थानमा छन् ।

Advertisement

फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । अहिले यो वडाको वडा नम्बर १ काे मत गणना भएको हो ।

वडा नम्बर १ को मत गणना सकिएको छ । यो वडामा १ हजार ५ सय ३८ मत खसेको थियो ।

Advertisement

पछिल्लाे स्थानीय निर्बाचनमा यो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका उमेद्वारले ८०४ मत पाउदा एमालेका उमे्वारले ४७७ मत पाएका थिए । यसका आधारमा एमालेकाे मत बढेको देखिन्छ भने कांग्रेसको मत घटेको छ ।

तपाईको प्रतिक्रिया