सिजीका नयाँ मोडलका पंखा

पोखरा ।
नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्रान्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।
स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसी फ्यान टुडे भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत हुने कम्पनीको दाबी छ । यसको आवाजसमेत निकै सानो छ ।
यो फ्यान नेपालका लागि पहिलो ओइएम ब्रान्ड जसमा बिएलडिसि टेक्नेलोजी छ, साथै रोबस्ट र रिलायबल बिएलडिसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि छ । यो फ्यान १ सय १० देखि २ सय ८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधि जडित छ ।
रिमोट सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान ४ रङमा बजारमा उपलब्ध छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्रान्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटमार्फत वितरण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया