अध्यक्ष नहुने खेल संघलाई कारबाही गर्ने चेतावनी

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरूले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति पुस २० गते भित्र दर्ता, नवीकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
समयभित्र दर्ता, नवीकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरूले खेल संघको लेटर प्याड र छाप समेत प्रयोग गर्न नपाउने उनले जनाएका छन् । कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृति दस्तखत अन्तर्गत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले जनाएका छन् । करिब २८ वटा खेलसंघहरू प्रदेशमा आबद्ध भएको उनले जनाएका छन् ।
खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लबहरू सहित केही संस्थाहरू रहेको उल्लेख गर्दै उनले खेलकुदको विकासको लागि संघहरूसँगै बसेर जिम्मेवारी दिने बताए । खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उनले जनप्रतिनिधिहरूले यस विषयमा खासै आवाज उठाउन नसकेको गुनासो गरेका छन् ।
खेलकुदमा विशेष गरी मार्सल आर्ट खेलका केही संघहरूमा आर्थिक पारदर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रूपमा प्रशिक्षार्थी खेलाडीहरूबाट रकम उठाएको विषयमा परिषदको गम्भीर ध्यानाकर्षण भएको उनले जनाए । सदस्य सचिव शर्माले अबको सम्पूर्ण तयारी १०औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरूको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादनसँगै घर–घरमा तेक्वान्दो पुर्याउन डोजाङहरूको स्थापना आवश्यक रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए । कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०/०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिएका छन् ।
बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैयाँ यस वर्ष भुक्तानी गर्न बाँकी रहेका सेवा प्रदायकहरूलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताए । संघका अध्यक्ष गुरुङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेका छन् ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया