पाँचौं टाइगर कप भलिबलः १२ टिमको रोमाञ्चक प्रतिस्पर्धा हुने

पोखरा ।
पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता यही माघ १२ गतेदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने यस प्रतियोगितामा ६–६ टिमले सहभागिता जनाउनेछन्।
पुरुषतर्फ श्रीलंकाको भलिबल टिमसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिममा हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लब छन्।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डको टिमसहित नेपालका शीर्ष टिमहरु सहभागी हुनेछन्। सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।
प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन् । आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीयलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिने जानकारी दिए । महिला तथा पुरुष दुवैतर्फ सर्वाेत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार सात सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। गत वर्ष चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए। यस वर्षको प्रतियोगिताले थप रोमाञ्चक खेल र नयाँ च्याम्पियनको खोजी गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा दुई अन्तर्राष्ट्रिय टिमको सहभागिताले खेललाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।







भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया