बुद्व विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान, ५१ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ चैत १ गते १७:१५

पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसनले ११ औं पटक आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता एसोसिएसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदात प्रारम्भ गरे ।

अध्यक्ष कार्कीले सबैभन्दा ठूलो दान रक्तदान आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए । एसोसिएसनका निर्वतमान अध्यक्ष केशवबहादुर खत्रीले रगतको महत्व र रक्तदानको प्रक्रियाबारे सबैलाई बुझाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले एसोसिएसनले विभिन्न सामाजिक कार्य गरी आफूलाई अग्रणी साबित गरेको उल्लेख गरे ।

संस्थाका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्की अध्यक्ष हेमकृष्ण श्रेष्ठ, कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरू बराल, एसोसियसनका उपाध्यक्ष बुद्विबहादुर कुँवर, सचिव थमनसिह गुरूङ, महासचिव राजु केसी लगायतलेब बोलेका थिए ।

Advertisement

समारोहमा बुद्ध विशाल बजार ब्यापारिक एसोसिएसनका प्रवक्ता मनोहरि पौडेल पोखरा उद्योग वाणिज्य संघको सदस्यमा मनोनीत भएकोमा र कार्यसमिति सदस्य लक्ष्मण आचार्य कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष चुनिएकोमा उनीहरुलाई सम्मान गरिएको छ । रक्तदान रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया