भलाममा २९ गते दौड प्रतियाेगिता हुने

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालय स्तरीय छात्रछात्रा ५ र ३ किमी दौड चैत २९ गते शनिबार हुने भएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा दौड आयोजना हुन लागेको हो ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरूङलेसो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको जनाए । महानगरपालिकाभित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले योजना अघि बढाएको छ । उनले भने, ‘यो हाम्रोमात्रै पहलले हुँदैन । यसमा विशेषगरी पोखरा महानगरपालिका, सरोकारवाला, विद्यालयहरु विभिन्न संघ, संस्थाको सहकार्य आवश्यक छ ।’
मञ्चले पोखरालाई दौडै दौडको सहरमा अघि बढाउन तथा युवा खेलाडी उत्पादन हेतु विगत ३ महिनादेखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ । पोखरा रंगशालामा भएका तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिब ३ हजारभन्दा बढीको सहभागिता रह्यो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया