लक्ष्मीआदर्श माविको व्यवस्थापन समितिमा अधिकारी

समाधान संवाददाता २०८२ वैशाख १९ गते १५:२४

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ मा रहेको लक्ष्मी आदर्श माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिक्षा समितिका सदस्य तथा पूर्व शिक्षक चतुराखर अधिकारीलाई चयन गरेको छ ।

Advertisement


अधिकारी सर्वसम्वत चयन भएका विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले जानकारी दिए ।


सामाजिक व्यक्तित्व अधिकारी लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, कामना सेवा विकास बैंकका पूर्वक अध्यक्ष हुन् ।
कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको उपस्थिति थियो ।


समितिको सदस्यमा शान्तीदेवी सुवेदी, धनश्याम बराल, पुष्पराज भटराई, वडाअध्यक्ष पूर्णकुमार गुरुङ, हरिप्रसाद सापकोटा (शिक्षक प्रतिनिधी), हेमराज आचार्य, लक्ष्मण बास्तोला र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया