‘जोडिएका कुरा’को चर्चा

समाधान संवाददाता २०८२ असार १७ गते ११:०६

पोखरा ।
प्राडा रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति ‘जोडिएका कुरा’को पोखरा लोकार्पण तथा परिचर्चा भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमबार आयोजित जोडिएका कार्यक्रममा दाहालको उक्त २१ औं कृतिको परिचर्चा गरिएको हो ।


कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले स्रष्टा र दाहाल शैक्षिक, आर्थिक, सामाजिक र साहित्यिक हरेक क्षेत्रमा सफल व्यक्ति एक व्यक्तित्व अनेक भएका प्रतिभाका रुपमा चिनाइन् । उनले पोखराबाटै आफूले साहित्य साधनामा लाग्ने प्रेरणा पाएको स्मरणसमेत गरिन् ।


अग्रज पत्रकार बद्रीविनोद प्रतीकले साहित्य लेखन सबैको विषय भएको बताउँदै र दाहाललाई नलेखेर बस्नै नसक्ने स्रष्टाका रूपमा चिनाए । स उनले अनेसास गण्डकीले सम्पादन गरेका जति काम छन् गुणात्मक रहेकोसमेत स्मरण गरे । मुक्तक मञ्चकी केन्द्रीय अध्यक्ष अम्बिका भण्डारीले दाहालको व्यक्तित्व र कृतित्वलाई चिनाउने गरी कृतिका रूपमा जोडिएका कुरा आएको बताइन् । भण्डारीले फराकिलो सोच र विचारका कारण उनी सबैका प्रिय पात्र रहेको धारणा राखिन् ।

Advertisement


स्रष्टा दाहालले पर्यटकीय राजधानी भनिएको पोखराको पर्यटनका बारेमा लेखिएका पुस्तकको खोजीमा दिन बितेको बताउँदै स्रष्टालाई त्यसतर्फ अगाडि बढ्न सुझाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले अनेसास नेपाल च्याप्टर सल्लाहकारको भूमिकामा रहेर मार्गनिर्देशन गर्ने दाहाल आफूमात्र नभएर हरेक सिर्जनशील मनलाई सिर्जनायात्रामा लाग्न प्रोत्साहित गर्ने प्रेरणाका स्रोत रहेको धारणा राखिन् ।


पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले दाहालको जोडिएका कुरा कृति धेरै स्रष्टा साधक र साहित्यकारलाई चिनाउने कृति रहेको बताए । पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले रामप्रसाद दाहालको प्राध्यापक, व्यक्तित्व, बैकिङ व्यक्तित्व, साहित्यिक तथा सामाजिक व्यक्तित्वका विविध पाटाबारे प्रकाश पारे ।

Advertisement


अनेसास गण्डकी सहसचिव कल्याण पन्तले नेपाली भाषा, साहित्य, कला सिर्जनाको संरक्षणका साथै स्रष्टा साधकलाई अगाडि बढ्न र प्रोत्साहन गर्न अनेसास गण्डकी स्थापनाकालदेखि सदासर्वदा क्रियाशील रहँदै अगाडि बढेको बताए ।

रोपाइँ काव्य उत्सवमा स्रष्टा समाज पुम्दीभुम्दीका सल्लाहकार नवराज बराल निशान्त, निवृत्त शिक्षक समुदायका अध्यक्ष छविलाल आचार्य, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, वसन्त चालिसे, धर्मराज पौडेल अल्पायू, चन्द्रावती वाग्ले, गीता तिवारी गौतम लगायतले असार र रोपाइँसम्बन्धी काव्यवाचन गरे । अनेसास गण्डकीका महासचिव असफल गौतमले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया