पोखरामा महिला भलिबल लिग सुरु

पोखरा । पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार देखि एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) फ्रेन्चाइज भलिबल लिग सुरु भएको छ ।
भदौ २८ गतेसम्म चल्ने लिगको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । पहिलो संस्करण काठमाडौंमा भएको लिगको दोस्रो संस्करण पोखरामा भएको हो । लिग अन्तर्गत शुक्रबार भएको २ खेलमा साविक विजेता कर्णाली यश्विज र उपविजेता ललितपुर क्विन्सले जित निकाले ।
पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० ले सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि कर्णाली आफ्नो पोल्टामा पार्यो । दोस्रो सहजै कर्णालीले २५–२० ले जित्दै कर्णालीले अग्रता २–० को बनायो । तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ३ अंक सहित सानदार सुरुवात गरेको छ ।
दोस्रो सेटमा पोखराकी कप्तान तथा सेटर प्रगति नाथ घाइते बन्न पुगेकी थिइन् । तेस्रो सेटमा कोर्ट प्रवेश गरेपनि टिमले सेट गुमाउन पुग्यो । भने, पोखराबाट खेल्ने विदेशी खेलाडीहरुको प्रदर्शन पनि उत्साहजनक रहन सकेन् ।
फ्रेन्चाइज भलिबल लिगको पहिलो दिन दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडमाथि सोझो सेटमा जित हासिल गर्यो । ललितपुरले मधेशमाथि पहिलो सटमा २५–१७ को नतिजा निकालेको थियो । त्यही प्रभावलाई निरन्तरता दिने क्रममा दोस्रो सेटमा ललितपुरले अझ उत्कृष्ट प्रदर्शन गर्यो ।
दोस्रो सेटको नतिजा ललितपुरले २५–१३ ले पक्षमा पारेको थियो । तेस्रो सेटमा मधेशले सुधारिएको प्रदर्शन गरे पनि त्यो जितलाई पर्याप्त भएन । ललितपुरले २५–१९ को सहज नतिजा निकाल्दै खेल समग्रमा ३–० ले आफ्नो पक्षमा पार्दै लिग तालिकामा ३ अंक जोड्न सफल रह्यो ।
सिंगल राउण्ड रोविनका आधारमा हुने खेलमा ६ टिमको सहभागिता रहेको छ । साविक विजेता कर्णाली यश्विज, उपविजेता ललितपुर क्विन्स, घरेलु टिम पोखरा निन्जाज, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजले भदौ २६ गतेसम्म लिग चरणका खेल हुनेछन् । २७ गते रेस्ट डे अनि २८ गते लिगको पहिलो र दोस्रो स्थानमा हुने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लिग अन्तर्गत शनिबार पनि ३ खेल हुनेछन् । पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्नेछन । भने, दोस्रो खेलमा कर्णाली र लुम्बिनी खेल्नेछन् । शनिबार कै अन्तिम खेलमा पोखरा र मधेश खेल्दैछन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया