‘कोशेढुगां’लाई दर्शकको सकारात्मक प्रतिक्रिया

समाधान संवाददाता २०८२ भदौ २१ गते १६:४१

पोखरा ।
सुरक्षा पन्तको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘कोशेढुगां’ बिहीबारदेखि नेपाल लगायत ४० भन्दा बढि देशमा प्रदर्शनमा आएको छ । चलचित्र निर्माण टोली कलाकारसहित शुक्रबार पोखराको मिडटाउनमा दर्शकसँग भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए ।


अधिकांश दर्शकले सुरक्षा पन्त, आर्यन सिक्देल, मन्जिल कुमारको अभिनयको खुलेर प्रशंसा गरेका छन् । दर्शकको प्रतिक्रियाले उत्साहित भएको कलाकार तथा निर्देशकले बताएका छन् । दर्शकले दिएको प्रतिक्रियाले आफ्नो मेहनतको प्रतिफल पाएको उनीहरुको भनाइ छ । देशका विभिन्न शहरका सिनेमा हलमा गएर दर्शककाे प्रतिक्रिया बुझ्ने निर्माण पक्षकाे भनाइ छ ।


सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रले कथा ब्लड मनी, गाउँको जीवन, प्रेम, संघर्ष र परदेश जाने बाध्यतालाई कथा बनाएको छ ।

Advertisement


‘कोशेढुंगा’ को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । गाउँले सेटअपमा यो सिनेमाले मौलिक कथा पस्किएको छ । ग्रामीण नेपालको भावनात्मक र सामाजिक संघर्षलाई उजागर गरेको छ ।


नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।

Advertisement

तपाईको प्रतिक्रिया