स्टार्स एकल नृत्य र कविता प्रतियोगिता

पोखरा ।
स्टार्स एकल नृत्य प्रतियोगिता र खुल्ला कविता प्रतियोगिताको फाइनल कार्यक्रम यही असोज ७ गते पोखरामा हुने भएको छ।स्टार्स स्टुडियो प्रालिको नवौँ र स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएकाे हाे ।
पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र व्यवस्थापनमा विशेष ध्यान दिइएको आयोजक संस्थाकी अध्यक्ष जसु गुरुङले जानकारी दिइन्।
आयोजकको अनुसार असोज ३ गतेसम्म देशभरबाट प्राप्त १०० कवितामध्ये उत्कृष्ट १० कविता छानिने भएको छ। छानिएका कविताहरूको घोषणा असोज ५ गते गरिनेछ। प्रतियोगितामा कविताको मौलिकतालाई प्रमुख मूल्याङ्कन आधार बनाइने बताइएको छ।
पुरस्कार स्वरूप विजेतालाई २० हजार, उपविजेतालाई १० हजार, तृतीय स्थान प्राप्त गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने दुई सान्त्वना विजेताले जनही २,५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट १० कविताहरूलाई युट्युबमार्फत सार्वजनिक गर्ने योजना पनि रहेको आयोजकले जनाएको छ।
नृत्य प्रतियोगितामा जुनसुकै उमेर समूहका सहभागीहरूले भाग लिन पाउनेछन्। इच्छुकहरूले असोज ५ गतेभित्र ५०० रुपैयाँ दर्ता शुल्कसहित आफ्नो नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगितामा नेपाली मौलिकता झल्किने नृत्यलाई प्राथमिकता दिइने आयोजकले जानकारी दिएका छन्।
विजेताले ३० हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
पोखरा, न्युरोडस्थित स्टार्स स्टुडियो नेपालले नेपाली मौलिक लोक संस्कृति, भेषभूषा र सांस्कृतिक नृत्यहरूको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ। यो संस्था लोक नृत्य प्रशिक्षण, फिल्म निर्माण र इभेन्ट म्यानेजमेन्ट जस्ता कार्यहरू गर्दै आएको छ।
स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक सेवा क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको छ। दुवै संस्थाले कला, संस्कृति र साहित्यको क्षेत्रमा युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएका छन्।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया