स्काइ लाउञ्जमा मिङ्मा शेर्पाको लाइभ प्रस्तुति हुने

समाधान संवाददाता २०८२ असोज २२ गते १२:४६

पोखरा ।
पोखरामा शुक्रबार पप गायक मिङ्मा शेर्पाले लाइभ प्रस्तुति दिने भएको छन् । चार वर्षपछि नेपाल आएका शेर्पाले स्काइ लाउञ्जमा साँझ ७ बजे लाइभ प्रस्तुति दिने भएका हुन् ।


सन् २००० मा आफ्नो सांगीतिक यात्रा सुरु गरेका शेर्पा काठमाडौंको ज्याठा टोलमा जन्मिएका हुन् । उनका एल्बमहरु ‘यथार्थ’, ‘फील’ र ‘फील अगेन’ नेपाली श्रोतामाझ लोकप्रिय छन् । ‘भुमरिमा (तिम्रो मायाले डोर्‍यायो)’, ‘छम छम’, ‘नमुना बनाई दियौँ’ र ‘आँसु झर्दिन म’ जस्ता हिट गीतले उनी नेपाली पप संगीत क्षेत्रमा उत्कृष्ट स्थान बनाउन सफल भएका छन् ।


मिङ्मा शेर्पाले संगीतकार शम्भुजीत बाँस्कोटासँग सहकार्य गर्दै ‘तिम्रो त्यो हाँसिलो मुहार’ (दीपक खरेल)को रिमेक प्रस्तुत गर्दै पुनः चर्चामा आएका थिए ।

Advertisement


अमेरिका बस्दै आएका शेर्पा लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय थिए । उनको प्रस्तुति संगीतप्रेमीहरूका लागि विशेष अवसर हुने आयोजकको विश्वास छ ।


कार्यक्रमको तयारी पूरा भएको र निःशुल्क प्रवेशकाे व्यवस्था रहेकाे स्काइ लाउञ्जका संञ्चालक विशालराज पौडेलले जानकारी दिए । अहिलेको पुस्ता ९० को दशकका पप गीतहरूमा रमाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । दशैं–तिहारको अवसर पारेर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया