‘सौन्दर्यको भग्नावशेष’को चर्चा

समाधान संवाददाता २०८२ असोज २९ गते ११:४५

पोखरा ।
कवि एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष कृति माथिको विमर्श कार्यक्रम पोखरामा भएको छ । कविता क्लब पोखराको आयोजनामा भएको कार्यक्रममा समीक्षक सुरज पौडेलले लेखन सामथ्र्य र शिल्प दुवै हिसाबले ढुंगानालाई सफल कविका रूपमा चित्रण गरे ।


पौडेलले उनका तीन खण्डमा अभिव्यक्त ३८ कवितालाई सच्चिदानन्दका रूपमा चित्रण गरे । कवि रमेश श्रेष्ठले कविताको उज्यालो जिन्दगीको सबैभन्दा उत्तम उज्यालो भएको बताए । उनले ढुंगानाको बाँकी कविता यात्राको सफलताको शुभेच्छासमेत व्यक्त गरे ।


साहित्यकार मणि लोहनीले कविता क्लबको व्यानरमा कवि ढुंगानाका कविताको विमर्शलाई एउटा महत्वपूर्ण प्राप्तिका रूपमा आफूले लिएको बताए । स्रष्टा ढुंगानाले आफ्ना कवितालाई कृतिको आवरणले उत्कृष्ट तुल्याएको अनुभूति व्यक्त गर्दै उत्कृष्ट कलाका लागि कवि रमेश श्रेष्ठलाई आभार व्यक्त गरिन् ।

Advertisement


आफू कविताको यात्राबाट अगाडि बढे पनि वाङ्मयका अन्य आयाममा समेत कालान्तरमा साधनामा लाग्ने धारणा राखिन् ।

Advertisement

तपाईको प्रतिक्रिया