हाम्रो कास्कीकोट युवा सञ्जालमा तीर्थराज

समाधान संवाददाता २०८२ कार्तिक ८ गते १६:२४

पोखरा । पोखरा–२४, कास्कीकोटका युवाहरूको साझा सामाजिक संस्था ‘हाम्रो कास्कीकोट युवा सञ्जाल’ को पाँचौ अधिवेशन शनिबार कास्कीकोटमा भएको छ ।

कार्यक्रममार्फत तीर्थराज अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ नेतृत्वमा सह–संयोजक मेघराज सुवेदी, प्राविधिक संयोजक रुद्रप्रसाद अधिकारी, आर्थिक संयोजक सिसम बस्ताकोटी, व्यवस्थापन संयोजक आविष्कार बस्ताकोटी, सह–व्यवस्थापन संयोजक सूर्य भट्टराई र सदस्यहरूमा सूर्य परियार तथा अर्जुन सुवेदी चयन भएका छन् ।

त्यसैगरी, सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिएका छन् । विधानअनुसार आवश्यक अन्य सदस्यहरू नयाँ कार्यसमितिले नै चयन गर्ने निर्वाचन मण्डलका संयोजक तथा संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले जानकारी दिए ।

Advertisement

पूर्व संयोजक विशाल तिमिल्सिनाले नव–निर्वाचित संयोजक तीर्थराज अधिकारीलाई माइन्युट हस्तान्तरण गर्दै अधिवेशन सम्पन्न भयो । विसं २०७३ मा ‘बदलिँदै छ समाज, बदलिँदै छ हाम्रो सोच — सुन्दर, सभ्य र समृद्ध बन्दैछ हाम्रो कास्कीकोट’ भन्ने मूल नाराका साथ स्थापना भएको सञ्जालले स्थापना कालदेखि नै कास्कीकोटको पर्यटन प्रवर्धन, स्वास्थ्य शिविर, सार्वजनिक सुनुवाइ लगायत सामाजिक, रचनात्मक र युवामुखी गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

संस्थाले विश्वभर छरिएका कास्कीकोट प्रेमी युवाहरूलाई सूचना प्रविधिमार्फत जोड्दै, साझा पहिचान र एकताको भावना बलियो बनाउन निरन्तर क्रियाशील रहँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया