खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–३, गुडिखोलास्थित सहयात्री पार्टी प्यालेसमा खुमा अर्याल फाउन्डेसनले शनिबार सातौं साधारणसभा सम्पन्न गरेको छ । यस अवसरमा फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, अन्तरक्रिया र चियापान कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले दुर्गम क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि फाउन्डेसनले विभिन्न कार्य र कार्यक्रम गर्दै आएको बताए । उनले यस कार्यमा सबै सरोकारवाला र निकायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा अझै साथ र समन्वयको अपेक्षा राखे । अर्यालले फाउन्डेसन कुनै पनि राज्य नभएको स्पष्ट पार्दै सबैलाई सामाजिक कार्यमा फाउन्डेसनसँग जोडिएर सहकार्य गर्न आह्वान गरे ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नगर उपप्रमुख देवि अर्याल, पत्रकार श्री कृष्ण सिग्देल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, वालिङ नगर उपप्रमुख कविता तिवारी गैरे र अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङलगायतले फाउन्डेसनले गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै आ-आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा सहभागीले महत्वपूर्ण राय र सुझाव प्रस्तुत गरेका थिए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिए । फाउन्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम अर्यालले स्वागत मन्तव्य दिएका थिए भने सचिव ध्रुव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा १२ वटा संस्थाका प्रतिनिधिलाई संस्थागत आबद्धता प्रमाणपत्र प्रदान गरियो ।








आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया