बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको नेतृत्वमा मित्रलाल भण्डारी

समाधान संवाददाता २०८२ कार्तिक १० गते ६:४२

पोखरा । बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको तेस्रो अधिवेशनले मित्रलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको पाँचौँ साधारणसभासँगै आइतबार एक विशेष समारोहका बिच यो अधिवेशन सम्पन्न भएको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा शान्ति खनाल, सचिवमा गंगाराम सुवेदी र कोषाध्यक्षमा सनकराज लामिछाने चुनिएका छन्। त्यसैगरी, सदस्यहरूमा सिता कार्की, कल्पना अधिकारी, भरतराज ढकाल, निरंजन विक, सोमराज कँडेल, विश्वनाथ तिवारी, फूलमाया बराल, शक्ति कोइराला र पुष्पराज भण्डारी रहेका छन्।

समारोहको उद्घाटन गर्दै पूर्वन्यायधिश डिल्लीरमण तिवारीले बेगनासतालको विकासका लागि अनुभवी व्यक्तिहरूको उत्साह, जोश र जाँगरको कदर गर्दै बेगनासताल विश्वकै उत्कृष्ट धार्मिक र पर्यटकीय गन्तव्य स्थल बन्ने दिशामा अघि बढेको बताएका छन्।

Advertisement

अधिवेशनमा सामाजिक व्यक्ति राममणी अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति थियो। निर्वाचन संयोजक अधिकारीले पोखराकै सुन्दर बेगनासतालको धार्मिक र पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताए।

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धु्रबनाथ अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा निवर्तमान सचिव शान्ति खनाल र कोषाध्यक्ष गंगाराम सुवेदीले संस्थाका प्रगति विवरण सहित बेगनासताललाई उत्कृष्ट गन्तव्य बनाउन सकिने सम्भावनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, संस्थाका उपाध्यक्ष मित्रलाल भण्डारी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष बिभद्र कँडेल र लेखनाथका पत्रकार कविराज खनाल लगायतले बोलेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया