जल्धारे बचत तथा ऋण सहकारीको साधरण सभा

लेखनाथ ।
विगत दुई वर्ष अगाडी देखि संकट उन्मुख अवस्थामा रहेको पोखरा महानगरपालिका वडा नम्वर २६ स्थित जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्थामा आएको छ । सहकारी दुई वर्ष पछि पुरानै अवस्थामा ल्याउन सफल भएको सोमबार आयोजीत १७ औं वार्षिक साधारण सभामा बताइएको हो ।
लगानी गरिएकाे ऋण र ब्याज समयमा नउठ्दा र निक्षप कर्ताले एकैचोटी पैसा लिन आउँदा सहकारीलाई आर्थीकभार परेको थियाे ।
संस्थामा एक हजार ८४ सेयर सदस्य छन् भने पाँच करोड १२ लाख सात हजार सेयर पुँजी छ । २७ करोड तीन लाख ऋण लगानी गरिएकाे सहकारीका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । सहकारीले चार लाख नाफा निकाल्न सफल भएको उनले बताए ।
सहकारीका संस्थापक अध्यक्ष मनोहरी ढुंगानाले सहकारीमा समस्याआएपनि आर्थीक रुपमा संस्था मजवुत भएको बताए ।
कार्यक्रममा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले हल्ला र नकरात्मक सोचले संस्था वा ब्यत्तिलाई अद्याेगितिर लैजाने बताए । सहकारीका निवर्तमान अध्यक्ष श्रीकान्त ढुंगानाले सहकारी ऋणिले समयमा ब्याज नतिर्दा र घरजग्गाको क्षेत्रमा देखिएको आर्थीक विचलनको मारमा परेको गुनासो राखे ।
कार्यक्रम आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव ढुंगानाले सहकारीको नियम र परिधीमा रहेर सस्था चलाउने हो भने संस्थामा समस्या नआउने सुझाव राखे । कार्यक्रममा सेयर सदस्यहरुको तर्फबाट सविता ढुंगाना,लोक दोहोरी गायक शिवहरि ढुंगाना लगायतले आ-आफनो धारणा राखेका थिए ।
सस्थाका सचिव विचित्रनाथ ढुंगानाले संञ्चालन गरेको कार्यक्रमा विभिन्न समितिका संयोजकहरुले आफनो तर्फबाट प्रगति प्रतिवेदन पेश गरेका थिए भने संस्थाकी अध्यक्ष सारदा बरालले स्वागत मन्तव्य राखेका थिइन् ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया