४३ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णकाे आयाेजनामा रक्तादान कार्यक्रम भएकाे छ । दोर्जि डम्लुङ्गले ७० औं पटक रक्तदान गरेका क्लबका निवर्तमान अध्यक्ष गणेश छबिलाई ब्लड ब्याग हस्तातरण गरी कार्यक्रमकाे शुभारम्भ गरे । क्लबले गरेको उत्कृष्ट कामले हौसला भएको डम्लुङ्गले बताए ।
क्याम्पका प्रमुख तेजिङ्ग पाल्देनले क्लब उदाहरणीय सामाजिक संस्था भएको र यसको काम अतुलनिय रहेको बताए । कार्यक्रम संयोजक सोनाम साङ्गपोले ४३ युनिट रगत संकलन भएकाे जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपलिका वडा न. ३ का पूर्ववडा अध्यक्ष रबिसन्स प्रजू , रिजन चियर पर्सन दिनेश तुलाचन, पूर्व अध्यक्षहरु दुधमान गुरुङ, डम्मरसिंह गुरुङ, सुरेशबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठले बाेलेका थिए । कोषाध्यक्ष प्रदीप राजभण्डारी कार्यक्रम संञ्चालन गरेका थिए भने सभापतित्व क्लबका प्रथम उपाध्यक्ष दुर्गा जोजिजुले गरेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया