बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
समाधान संवाददाता
२०८२ कार्तिक २२ गते ६:३७

बागलुङ। बागलुङको बोबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको एउटा पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९, चौबिरमा भएको यो दुर्घटनामा परी स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले बताए।
उनका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि बुर्तिबाङ अस्पतालमा लगिएको छ । बोबाङबाट ढोरपाटन जाँदै गरेको उक्त पिकअप जिपमा कुल पाँच जना यात्रु चढेका थिए। प्रारम्भिक जानकारी अनुसार, उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेको हो।
सम्बन्धित






म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया