क्रान्तिकारी कम्युनिस्ट पार्टीको चुनाव बहिस्कार गर्ने निर्णय

समाधान संवाददाता २०८२ मंसिर १९ गते १५:१९

पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारले आगामी फागुन २१ गते घोषणा गरेको संसदीय निर्वाचनलाई बहिस्कार गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ‘विदेशी विस्तारवाद’को सहमतिमा गठित सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले गर्न लागेको निर्वाचन बहिस्कार गर्ने नीति पारित गरेको वैकल्पिक पोलिटब्युरो सदस्य नारायण अधिकारीले जानकारी दिए ।


पार्टीका महासचिव सिपी गजुरेलले प्रकाशित प्रेस विज्ञप्तिमा विश्व कम्युनिस्ट आन्दोलनमा निर्वाचनको उपयोग र बहिष्कार दुबै हुँदै आएको स्मरण गरिएको छ ।

‘कुनै बेला उपयोग त कुनै बेला बहिष्कारले रणनीतिको सेवा गर्ने हुन्छ । यो स्थितिमा आगामी संसदीय निर्वाचनको बहिष्कार नै सही नीति हुन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अतः केन्द्रीय समितिको यो बैठकले निर्वाचन बहिष्कार गर्ने नीति पारित गरी पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा सत्ता र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।’

Advertisement


पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा बामपन्थी शक्तिका बीच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने निर्णय गरेको छ ।

आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकारको गठन गर्ने निर्णय गर्दै पार्टीले सरकारमार्फत् वर्तमान् प्रतिक्रियावादी संविधान खारेज गर्ने र जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने कार्यनीतिक श्रृंखला निर्धारण गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया