मधेसको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
नियुक्तिअघि शुक्रबार नै यादवले ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । यादवलाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन जनाएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । प्रदेश प्रमुख कर्णले बुधबार सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि यादवले आफू प्रदेशको पाँचौं मुख्यमन्त्री भएको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र कमिकमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने प्रयास गर्नेछु ।’
नवनियुक्त मुख्यमन्त्री यादवले अब संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।









नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
दीपशिखा पुस्तकालयको १८ औं साधारण सभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया