कृषि विकास बैंक स्थापना दिवसमा पोखरामा विविध कार्यक्रम

समाधान संवाददाता २०८१ माघ ७ गते २०:०३

पोखरा । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले बैंकको ५८ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बैंकका वर्तमान र पूर्व कर्मचारीको उपस्थितिमा कार्यक्रम भएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक बिना ढकाल पौडेलले कृषि विकास बैंकले गर्न सक्ने सेवाहरुको चर्चा गरिन् । सो अवसरमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका ४ कर्मचारीलाई कदर पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरियो । सम्मानित हुनेमा कुलबहादुर तामाङ, उर्मिलादेवी भट्टराई, कल्पना सुवेदी र बद्रीनारायण पौडेल छन् ।

बैंकका निर्देशक रामचन्द्र आचार्यले समयसापेक्ष अनुरुप अरुलाई जोड्ने कृषिलाई नछोड्ने र ग्रामीण क्षेत्रदेखि सहरसम्म सम्पूर्ण बैंकिङ सुविधा सहितको पूर्ण बैंकको रुपमा रहेको बताए । कार्यक्रममा बैकका पूर्व कर्मचारीको तर्फबाट शिवप्रसाद तिमिल्सिना र पूर्व सञ्चालक हरिप्रसाद पराजुली, कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख मोतीप्रसाद पौडेल र निर्देशक घनेन्द्र अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया