अर्ध बैशे पुरुषको कथामा ‘न यता न उता’

समाधान संवाददाता २०७५ पुष ५ गते ११:३४

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल र यूकेमा छायांकन गरिएको यो चलचित्रले ४० कटेका दुई पुरुषको कथालाई उठान गरेको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलर देखाइएको थियो । २० बर्षदेखि लण्डनमा संघर्ष गरिरहेका दुई अर्धवैशे पुरुषको कथालाई कमेडीको माध्यमबाट देखाउन खोजिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चलचित्रलाई मिराज रोश र विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ्ग, मिराज रोश, राजाराम पौडेल, वुद्दि तामाङ, रविन्द्र झा, लुनिभा तुलाधर, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

Advertisement

तपाईको प्रतिक्रिया