क्रिकेटमा बागलुङमाथि स्याङ्जाको जित

पोखरा ।
पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बागलुङ दोस्रो खेलमा स्याङ्जासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङ्जाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिँदै फराकिलो हार व्यहोर्यो ।
टस जितेर ब्याटिङ गरेको स्याङ्जाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २ सय ७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङ्जाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश ओझाको बलमा एलबी डब्लु धरापमा पर्दै पभेलियन फर्किए । इशान क्षत्रीले ३५ बलमा ३८ रन हिर्काउँदै गतिलो सुरुवात दिलाए । उनले ८ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा आएका सञ्जय रेग्मीले १९ रनको योगदान दिँदा अनिष ताम्राकारले ३२ रन बनाए । किरण भट्टराईले ३८ बलमा ३२ रन बनाई खेल्दा मुकेश ओझाको हातबाट क्याच हुन पुगे । आठौं नम्बरमा आएका मिलन क्षत्रीले अर्धशतक पूरा गरे । उनले ६९ बल खेल्ने क्रममा ६४ रनमा अविजित रहे ।
उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यसो त सुजन गौतमले १९ र विपिनराज न्यौपानले २५ रन बनाउँदा तुलसीराम भण्डारी १४ रनमा अविजित रहेका थिए । बागलुङका विश्व कार्कीको १०–१–३५–३ को बलिङ स्पेल रह्यो ।सचिनराज अधिकारीले भने २ विकेट लिने क्रममा ३ ओभरमा केवल १२ रन खर्चिएका थिए ।
विशाल लक्ष्य पछ्याएको बाग्लुङको ब्याटर खुलेर खेल्न सकेनन् । विवेक नेपाली ६ बल खेल्दै शून्यमै आउट भए । मिलन थापा पनि २६ बल खेल्दै ५ रनमा आउट भए । एकपछि अर्को गरी सस्तैमा पभेलियन फर्किने क्रम दोहोरिएपछि बागलुङ ७६ रनमा समेटिन पुग्यो । तेस्रो नम्बरमा आएका आरस तामाङले २२ रन बनाए ।
नवौं नम्बरमा आएका अश्विन थापाले १६ रनको योगदान गरे । अन्य ब्याटरको दोहोरो अंकको रन स्कोर कार्डमै चढ्न सकेन । किरण भट्टराईले ८ ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । विपिनराज न्यौपानेले ४.४ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए । किरण भट्टराई प्लेयर अफ दि म्याच घोषित भए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया