‘भिर्नी झोलामा’ लोभिए दर्शक

समाधान संवाददाता
पोखरा
पछिल्लो समय लोक दोहोरी गीतहरु दर्शक स्रोतामाझ लोकप्रिय बन्दै गएका छन् । हरेक महिनाजस्तो राम्रा गीतहरु बजारमा आइरहेका छन् ।
लोकप्रिय गायक तथा सञ्चारकर्मी कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको गीत यसै साता बजारमा आएको छ । ‘भिर्नी झोलामा’ नामक गीतलाई यतिखेर निकै रुचाइएको छ । टिकटकदेखि सामाजिक सञ्जालमा गीतको चर्चा हुन थालेको छ । गायक अखेलीको संगीत रहेको उक्त गीतमा शिव अखेलीको शब्द रहेको छ ।
सुनील क्षेत्रीको निर्देशन रहेको भिडियोमा सुनीलसँगै रक्षा श्रेष्ठले कम्मर मर्काएकी छन् । गीतलाई दुर्गा पौडेलले खिचेका हुन् ।
तिर्सना म्युजिकले गीतलाई बजार व्यवस्थापन गरेको छ । यसअघि गायक कृष्ण अखेली र सरस्वती लामिछाने ‘भाडा तिरौंला र ‘बतासे पानी’ नामक गीतमा सहकार्य भएको थियो । यो गीत छोटो समयमा दर्शकले रुचाउँदा खुसी लागेको अखेली बताउँछन् ।
‘मिहेनत गरेर काम गर्यो भने स्रोता, दर्शकले मन पराउनुहुँदो रहेछ,’ उनले भने, ‘गीत बजारमा आएको छोटो समयमा राम्रो प्रतिक्रिया आइरहेको छ । हौसला बढिरहेको छ ।’







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया