पोउवा संघ टोली मर्दी हिमाल पदयात्रामा

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १५:४६

समाधान संवमददाता, पोखरा

आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघको टोली मर्दी हिमाल पदयात्रामा निस्केको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको अभियानलाई सघाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल बिहीबार नजिकको मर्दी हिमाल पदयात्रामा निस्केको हो ।

Advertisement

‘भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचार गर्न पोखरा उद्योग वाणिज्य संघले ‘गन्तव्य मर्दी हिमाल’ कार्यक्रम तय गरेको छ । भ्रमण निस्कनु अघि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने, ‘पोखरा र आसपासमा रहेका पर्यटकीय गन्तव्यको प्रचार हाम्रो पहिलो प्राथमिकता हो ।’ संघले नै पहिलो पटक पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेको स्मरण गर्दै उनले भने, ‘संघ सरकारले घोषणा गरेका प्रवद्र्धनात्मक कार्यक्रमलाई आफ्नै तवरले सघाउन तयार छ ।’

उनले भने, ‘गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’ को अवधारणा होस् वा अन्य प्रवद्र्धनात्मक कार्यक्रम नै किन नहोस्, निजी क्षेत्र हातेमालो गर्न तयार छ’, उनले थपे, ‘सरकारपछि देश र विदेशमा समेत आफ्नै ठूलो संयन्त्र भएको निजी क्षेत्रलाई यो अभियानमा सरिक गराउने दायित्व भने सरकारको हो ।’

Advertisement

भ्रमण दलमा संघका अध्यक्ष अधिकारीसहित केही कार्यसमितिका सदस्य सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, किर्तिबल्लभ त्रिपाठी, श्रीप्रसाद घले, देवेन्द्र केसी छन् । ४ दिने पदयात्राको क्रममा टोली ४६ सय मिटर उचाइको मर्दी हिमाल बेस्ट पुग्ने छ । पदयात्रामा निस्केको टोलीलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, कार्यसमितिका सदस्य रामेश्वर अधिकारी, चिन्तामणि बास्तोला, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको टोलीले बिदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया