२१ गते सांस्कृतिक कार्यक्रम
समाधान संवाददाता
२०८२ असार १९ गते १८:०९

पोखरा ।
मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा असार २१ गते बृहत जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाले कार्यक्रम पोखरा सभागृहमा दिउँसो २ बजे सुरु हुने जनाए । कार्यक्रममा ख्यातिप्राप्त जनवादी कलाकार जीवन शर्मा, पूर्णकला बिसी लगायतका कलाकारको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमहरू हुने जनाए ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित फाउन्डेसनले उनको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउँदै युवा पुस्तालाई जानकारी दिन विचार गोष्ठी, स्मारिका प्रकाशन लगायतका कार्यक्रम गर्दै आएको छ । अध्यक्ष बास्तोलाले कार्यक्रममा प्रवेश शुल्क नलाग्ने जनाउँदै सहभागिताका लागि अनुरोध गरेका छन् ।
सम्बन्धित






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया