आयुर्वेद औषधी व्यवसायी संघ गण्डकीमा राजु पाैडेल

समाधान संवाददाता २०७६ मंसिर २६ गते १४:०९

समाधान संवाददाता
पोखरा

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष धनबहादुर कुमाल, महिला उपाध्यक्ष गंगा लामिछाने, सचिव डा. दीपक भुसाल, सहसचिव विष्णा शर्मा चापागाई, कोषाध्यक्ष रमेश चापागाई चयन भएका छन् । सदस्यहरु विनीता डुम्रे अर्याल, राजेन्द्र अधिकारी र हिरा गोर्खाली छन् ।

संघको गण्डकी प्रदेश साधारण सभा तथा अधिवेशन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । उनले आफू स्वास्थ्य मन्त्री हुँदादेखि नै आयुर्वेदको विकासका लागि काम गरेको बताउँदै मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्ने प्रभावकारी आयुर्वेद पद्दतिको विकासका सोच्नुपर्ने बेला आएको बताए । नेपालमा नै भएका प्रशस्त जडिबुटी प्रशोधन गरी गुणस्तरीय सेवामा जोड दिन उनले सबैसँग आग्रह गरे ।

Advertisement

स्वास्थ्य निर्देशनालय गण्डकीका डा. बुद्धिप्रसाद पौडेलले आयुर्वेदका मूल मान्यता र विषयवस्तुमाथि प्रकाश पार्दै आयुर्वेदको विकासका लागि निजी क्षेत्रले सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने उल्लेख गरे । नेपाल आयुर्वेद औषधी व्यवसायी महसंघ केन्द्रीय अध्यक्ष जंगराज गिरीले समग्र आयुर्वेद विकासका लागि व्यवसायीको महत्वपूर्ण भूमिका रहने र मर्यादित व्यवसायमा आउन सक्ने चुनौतीलाई सामना गर्न महासंघले सहयोग गर्ने बताए ।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सभामा विष्णा शर्मा चापागाईले स्वागत र राजु पौडेलले सञ्चालन गरेका थिए ।

Advertisement

नेपाल आयुर्वेद औषधी उत्पादक संघका वरिष्ठ उापाध्यक्ष रामचन्द्र पन्थी, नेपाल औषधी व्यवसायी संघ केन्द्रीय सचिव यामनाथ पौडेल, अल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रीय सचिव डा. शंकर पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया