गण्डकीमा महिन्द्रा एक्सयुभी–३०० बिक्री सुरु

समाधान संवाददाता २०७६ पुष ६ गते १२:४१

समाधान संवाददाता, पाेखरा

नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै स्पोर्ट्स युटिलिटी भेइकल (एसयुभी) ‘एक्सयुभी–३००’ काठमाडौंपछि गण्डकी प्रदेशमा पनि बिक्री सुरु गरेको छ ।

‘एक्सयुभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले शुक्रबार पोखरामा संयुक्त रूपमा सार्वजनिक गरे । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एक्सयुभी ३०० गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित भएको सुनाए । ‘मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषतायुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ,’ उनले भने ।

Advertisement

अग्नि ग्रुपका स्थानीय बिक्रेता बतास ब्रर्दस प्रालि पोखराका प्रबन्ध निर्देशक शान्ताराज बतासका अनुसार महिन्द्राको पछिल्लो एसयुभी महिन्द्रा एक्सयुभी–३०० नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मिड साइज एसयुभी हो । महिन्द्राको नयाँ एक्सयुभी–३०० को डिजाइन निकै आक्रामक छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त भएको गाडीले उच्च गति र जोशको आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ । गाडीले गण्डकी प्रदेशमा निकै राम्रो बजार विस्तार गर्नेे आशा कम्पनीले गरेको छ ।

यो गाडीमा सनरुफको साथै, एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायत विशेषता छन् । ‘धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ ,’ कम्पनीले भनेको छ, ‘व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्छ ।’

Advertisement

यो एसयुभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयुभी ३०० को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६ लाख ५० हजार रुपैयाँ छ । डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ तोकिएको छ । डब्लु ६ वर्गको मूल्य ४५ लाख रुपैयाँ छ । डब्लु ८ वर्गको मूल्य ५१ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । डब्लु ८ (अफ्सनल) वर्गको भाउ ५७ लाख २५ हजार रुपैयाँ छ । यी सवारीसाधन नेपालभर अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एसयुभी एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर गरी ६ रङमा उपलब्ध छ । ‘७ वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, इबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयुभी–३०० निकै सुरक्षीत गाडी बनेको छ,’ कम्पनीले भनेको छ ।

नयाँ एसयुभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपिएममा ११० पिएस पावरकासाथै ३५ सय आरपिएममा २०० एनएम–टर्क उत्पादन गर्छ । १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपिएममा ११५ पिएस पावरकासाथै १५ सय २५ सय आरपिएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । ‘यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ । एक्सयुभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ,’ कम्पनीले भनेको छ, ‘स्पोर्ट मोर्डले उच्च गति र जोशको आवश्यकता पूरा गर्छ ।’

तपाईको प्रतिक्रिया