शाक यान्त मुआथाईद्वारा रवीन्द्र ढाटलाई सम्मान

समाधान संवाददाता २०८२ भदौ १९ गते १२:२४

पोखरा ।
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन रवीन्द्र ढाटलाई शाक यान्त मुआथाईले पोखरामा सम्मान गरेको छ । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका उनी पहिलो नेपाली एमएफएन च्याम्पियन हुन् ।


उनलाई गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सम्मान गरे । सम्मान गर्दै अधिकारीले खेलको माध्यमबाट नेपालको नाम उच्च बनाएकोमा धन्यवाद व्यक्त गरे । उनले गण्डकी प्रदेश खेल पर्यटनको समेत राजधानी भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिएको सुनाए ।


सम्मानित हुँदै ढाटले आफू एमएफाइटमा जाँदा त्यसबारेमा केही पनि थाहा नभएको बताए । शाक यान्त मुआथाईमा प्रशिक्षण लिइरहेका खेलाडीलाई हौसला प्रदान गर्दै उनले अहिले मुआथाईका लागि प्रशिक्षण गरिरहेको र कडा मिहिनेत गर्न अनुरोध गरे ।

Advertisement


‘तपाईंहरू यहाँ प्रशिक्षण गरिरहनु भएको छ । तपाईंहरूलाई फाइटको बारेमा राम्ररी थाहा छ तर, मलाई केही थाहा थिएन,’ उनले भने, ‘मिहिनेत गर्नुस् । फल अवश्य मिल्छ ।’ शाक यान्तका सञ्चालक तथा मुआथाई प्रशिक्षक खगेन्द्र क्षेत्रीले ढाटलाई ठूलो सम्मान गर्न नसकेपनि खेलाडीहरूमा हौसला दिने काम भएको सुनाए ।

मंगलबार ढाटसहित त्यहाँ प्रशिक्षणमा रहेका अन्य खेलाडीलाई समेत फाइटको बारेमा सिकाएका थिए । उनले ढाटको फाइट गर्ने तरिका, प्रदर्शनी र मिहिनेतको बारेमा खेलाडीलाई जानकारी दिनका लागि उनीबाट केही सिकाएको बताए । ढाट मंगलबार नै पोखरा आएका हुन् । शाक यान्त मुआथाई लेकसाइडमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया