प्रधानमन्त्रीलाई दलाइ लामाले शुभकामना दिएकाेप्रति एमालेकाे शंका

पोखरा ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गण्डकी सम्पर्क कमिटी र कास्की–काठमाडौं सम्पर्क मञ्चका कार्यकर्ताहरुसँग अहिलेको राजनीतिक अवस्थाबारे समीक्षा तथा छलफल गरिएको छ ।
बैठकमा कठिन परिस्थिति बीच पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्ष निस्किएको गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बताए । भूराजनीतिक प्रभावको यथार्थ विश्लेषण गर्दै नेपालको आन्तरिक सुरक्षामाथि चुनौती बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
दलाइ लामाले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई शुभकामना दिनु शंकास्पद रहेको अधिकारीको तर्क छ । सिंहदरवार र संघीय संसद् भवनजस्ता संवेदनशील संरचना ध्वस्त पारिनु, पूर्वप्रधानमन्त्री दम्पतीमाथि आक्रमण हुनु, देशभरका जेलहरुमा तोडफोड गरिनु सामान्य नभएको बैठकले ठहर गरेको उनले जानकारी दिए ।
‘बैठकले सहकारी तथा गरीबी निवारण विभागको बैठकसमेत सम्पन्न गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने संकल्प गरेको छ । साथै आन्दोलनका शहीदप्रति सम्मान, घाइतेहरुलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै जेनेरेसन जेन्जीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ,’ उनले भने ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया