बिजी बी रिसोर्टको भव्य उद्घाटन

समाधान संवाददाता २०७६ पुष १७ गते १२:२५

समाधान संवाददाता
पोखरा

बिजी बी रिसोर्टको बुधबार भव्य उद्घाटन भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रदेश सभा सदस्य राजीव पहारीसमेतले रिसोर्ट उद्घाटन गरे ।

समारोहमा नेपाली फिल्मका नायक÷नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेत साथै पोखरेली पर्यटन व्यवसायीहरुको पनि बाक्लो उपस्थिति थियो । बिजी बी क्याफे सञ्चालकको टिमले नै सञ्चालनमा ल्याएको हो ।

Advertisement

घिसिङले परम्परागत पाराको रिसोर्ट निकै आकर्षक रहेको बताए । ‘राम्रो लोकेसनमा, राम्रो म्यानेज गरिएको रहेछ,’ उनले भने, ‘हुन त पोखरा आइरहने ठाउँ हो । अबदेखि पोखरा आउदा म यहीं आएर बस्ने छुँ ।’ पोलैपोल र तारैतारको सहरबाट पोखरालाई कसरी सुन्दर बनाउन सकिन्छ भनेर पहिलेदेखि चिन्तित रहेको उनले सुनाए । नचाहिने तार हटाएर तार अन्डरग्राउन्ड गर्ने विषयमा छलफल चलि रहेको समेत उनले जानकारी दिए ।

प्रदेश सभा सदस्य राजीव पहारीले बिजी बी रिसोर्ट सञ्चालक टिमलाई शुभकामना दिए । झट्ट हेर्दा राम्रो देखिए पनि पर्यटन व्यवसायीहरुको पीडा कसैलाई थाहा नभएको उनले बताए । ‘पर्यटन व्यवसायीको अवस्था हेर्दा हिमालको जस्तो छ,’ उनले भने, ‘तर, भित्री अवस्था कस्तो छ । कसैलाई थाहा छैन । मनको कह, कसलाई बह भनेजस्तो छ ।’

Advertisement

पोखराको विकासका लागि पर्यटन व्यवसायी र सरोकारवाला मिलेर अघि बढ्नु पर्ने उनको मत थियो । फेवातालको बिग्रदो अवस्थालाई पुरानै अवस्थामा फर्काउनको लागि सबै जना मिलेर अघि बढ्न समेत उनले आग्रह गरेका छन् ।

नायिका स्वस्तिमा खड्काले बिजी बी बसाइको अनुभव सेयर गर्दै बिजी बीको हस्पिटालिटी निकै राम्रो भएको बताइन । ‘यो मेरो दोस्रो बसाइ हो,’ उनले भनिन्, ‘बिजी बी क्याफेमा त हामी आइरहन्थ्यौं । यहाँको हस्पिटालिटीदेखि सर्भ सिस्टम एकदमै राम्रो छ, सबै जना १ पटक आइ दिनुहोला ।’

रिसोर्टका सञ्चालक ज्याक तामाङले बिजी बी रिसोर्टले पनि बिजी बी क्याफेले जत्तिके सहयोग पाउने अपेक्षा लिएको बताए । ‘हामीले रिसोर्टमा मौलिकता झल्किने वातावरणमा उच्चस्तरीय सेवा उपलब्ध गराउँने छौं,’ उनले भने, ‘बिजी बी क्याफे जस्तै रिसोर्ट पनि तपाईंहरुको पहिलो रोजाइमा पर्ने अपेक्षा छ ।’

रिसोर्टकी फाउन्डर कन्सलटेन्ट सोनी तामाङले रिसोर्टमा ध्वनी प्रदूषणरहितका ३४ कोठा छन् । डिलक्स, सुपर डिलक्स, फ्याम्ली, मिनी स्विट र स्विट गरी कोठाको वर्गीकरण गरिएको छ । स्विमिङ पुल, बार, स्पा, गार्डेन, प्राइभेट बालकोनीको समेत रिसोर्टमा व्यवस्था छ ।

तपाईको प्रतिक्रिया