स्काइ लाउञ्जमा मिङ्मा शेर्पाको लाइभ प्रस्तुति हुने

पोखरा ।
पोखरामा शुक्रबार पप गायक मिङ्मा शेर्पाले लाइभ प्रस्तुति दिने भएको छन् । चार वर्षपछि नेपाल आएका शेर्पाले स्काइ लाउञ्जमा साँझ ७ बजे लाइभ प्रस्तुति दिने भएका हुन् ।
सन् २००० मा आफ्नो सांगीतिक यात्रा सुरु गरेका शेर्पा काठमाडौंको ज्याठा टोलमा जन्मिएका हुन् । उनका एल्बमहरु ‘यथार्थ’, ‘फील’ र ‘फील अगेन’ नेपाली श्रोतामाझ लोकप्रिय छन् । ‘भुमरिमा (तिम्रो मायाले डोर्यायो)’, ‘छम छम’, ‘नमुना बनाई दियौँ’ र ‘आँसु झर्दिन म’ जस्ता हिट गीतले उनी नेपाली पप संगीत क्षेत्रमा उत्कृष्ट स्थान बनाउन सफल भएका छन् ।
मिङ्मा शेर्पाले संगीतकार शम्भुजीत बाँस्कोटासँग सहकार्य गर्दै ‘तिम्रो त्यो हाँसिलो मुहार’ (दीपक खरेल)को रिमेक प्रस्तुत गर्दै पुनः चर्चामा आएका थिए ।
अमेरिका बस्दै आएका शेर्पा लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय थिए । उनको प्रस्तुति संगीतप्रेमीहरूका लागि विशेष अवसर हुने आयोजकको विश्वास छ ।
कार्यक्रमको तयारी पूरा भएको र निःशुल्क प्रवेशकाे व्यवस्था रहेकाे स्काइ लाउञ्जका संञ्चालक विशालराज पौडेलले जानकारी दिए । अहिलेको पुस्ता ९० को दशकका पप गीतहरूमा रमाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । दशैं–तिहारको अवसर पारेर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया