२ किलो सुनसहित भारतीय नागरिक पक्राउ

समाधान संवाददाता २०७६ पुष १८ गते १५:०९

समाधान संवाददाता, काठमाडाैं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित  दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।

Advertisement

उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले बताए । एक जनाले मलद्वारमा ३ वटा डल्लो अर्थात एक किलो सुन हालेर ल्याएको प्रहरीले जनाएको छ। ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने ।

यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।

Advertisement

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलाे सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया