बाटोको हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बल

पोखरा ।
मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गरानुकोसाथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल बोर्ड र आउट पोष्ट नेचुङले हिउँ पन्छाउनुको साथै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ ।
टोलीले यात्रुहरुको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाएकाे प्रहरीले बताएकाे छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।
मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा सशस्त्र प्रहरीले हिउँ हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । प्रहरी टोली पदयात्रीहरुको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथीसम्म पुगेको छ








कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया