‘मायामा मायामा’ सार्वजनिक

पोखरा ।
डा जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘मायामा मायामा’ सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालको छ ।
गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र मिस मगर २०२३ की विजेता बीनु मगरले अभिनय गरेका छन् ।
लमजुङको मस्र्याङदी गाउँपालिका स्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पिस हिल रिसोर्ट लगायतका आकर्षक दृश्यहरू तथा कास्कीको अस्ताम र फेवाताल वरिपरिका स्थानमा छायांकन गरिएको यस भिडियोले दर्शकलाई प्राकृतिक सौन्दर्य र भावनाको मिश्रणमा डुबाउने प्रयास गरेको छ ।
गीतकार तथा निर्माता डा तामाङले यो गीत मैले चार महिनाअघि लेखेको जनाउँदै यो श्रीमती नरसोभा गुरुङसँगको प्रेमकथामा आधारित रहेको सुनाए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराबाट बनेको यस गीतको पृष्ठभूमि, छायांकन र भावनात्मक प्रस्तुति सबै उत्कृष्ट रहेको जनाए ।
कन्दरा ब्यान्डका संगीतकार सुनील थापाले गीतको सबै पक्ष बलियो रहेको बताउँदै डिजिटल प्रमोसनमा ध्यान दिनुपर्ने सुझाव दिए । ‘राम्रो सिर्जनाको बजार राम्रो हुनुपर्छ, अहिलेको बजार भनेको डिजिटल प्लेटफर्म हो,’ उनले उल्लेख गरे ।
गायक तथा संगीतकार सन्तोष बस्यालले आफू १० वर्षदेखि संगीतकर्ममा सक्रिय रहेको जनाउँदै राम्रो सिर्जनाका लागि गीतकार तथा निर्माता जसपाल पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । ‘पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण हो यो,’ उनले भने ।
गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । भिडियो निर्देशक नेत्र गुरुङले राम्रो निर्माता भएका कारण नै म्युजिक भिडियोको छायांकनदेखि सम्पादनसम्म सबै पक्ष सुदृढ बनेको उल्लेख गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया