माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु
समाधान संवाददाता
२०८२ कार्तिक १८ गते १५:५०

दमौली ।
यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया